आज नेप्से परिसूचक १३.९७ अंकले बढ्दै २९९४.५८ विन्दुमा रोकिएको छ । बजार खुलेको ६ मिनेटमा नै ४७ अंकले बढ्दै नेप्सेले तीन हजार ३१ विन्दु पार गरेको थियो । आज ३ करोड ७५ लाख ७१ हजार ३५४ कित्ता सेयर किनबेचमा ११ अर्ब ८१ करोड ३७ लाख ५४ हजार ६०७ रूपैयाँ कारोबार भयो ।
आज सबैभन्दा धेरै एनआईसी एसियाको ३५ करोडको सेयर कारोबार भयो । यसैगरी, नविल बैंकको ३३ करोड कारोबार भयो । सिनर्जी पावर कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यस्तै, विशाल बजारको सेयर ९ प्रतिशतले बढ्न पुगेको छ ।
आज नेप्सेको उप-समूहमा बैंकिङ, व्यापार, निर्जीवन बीमा, उत्पादन, अन्य, म्यूचल फण्ड, लगानी तथा जीवन बीमा समूहमा हरियाली छाएको छ । सबैभन्दा बढी व्यापार समूहका लगानीकर्ताले कमाएका छन् ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।