नेपाली बजारमा आज सुनको मूल्य बढेको छ ।
साताको दोस्रो दिन आज सोमबार नेपाली बजारमा सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढेको हो ।
आइतबार छापावाल सुन प्रतितोला ९२ हजार ६ सय रुपैयाँमा कारोबार भएकोमा आज ९२ हजार ८०० रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यसैगरी आज तेजावी सुन प्रतितोला ९२ हजार ३०० रूपैयाँमा कारोबार भइरहेको छ । महासंघका अनुसार आज चाँदीको मूल्य भने घटेको छ । चाँदी आज तोलामा ५ रूपैयाँले घटेर १२ सय ९० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।