शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

आर्थिक वर्षको अन्त्य : एकै दिन २९ अर्ब ६९ करोडको भुक्तानी !


  • बिहिबार, असार ३१ २०७८
8.4K
SHARES

फाइल तस्विर

चालु आर्थिक वर्ष २०७७/७८ को अन्तिम दिन आज असार ३१ गते सरकारले वर्षभरिकै उच्च भुक्तानी गरेको छ । महालेखा नियन्त्रण कार्यालयका अनुसार सरकारले आर्थिक वर्ष सकिनै लाग्दा आज एकै दिन अधिकतम २९ अर्ब ६९ करोड माथिको भुक्तानी दिएको हो ।

यस्तो भुक्तानी आज नियमित अर्थात् चालु खर्च तर्फ ६ अर्ब ४२ करोड ५ लाख रुपैयाँ र पुँजीगत खर्च तर्फ अधिकतम १५ अर्ब ९७ करोड ७७ लाख भएको छ भने बाँकी ७ अर्ब २९ करोड ५५ लाख सरकारले वित्तीय व्यवस्थामा भुक्तानी दिएको महालेखा नियन्त्रण कार्यालयले जनाएको छ ।

तर, यता आर्थिक वर्ष भरीको बजेट खर्चमा भने, सरकारले असार ३१ गतेसम्ममा कुल विनियोजित खर्चको ८०.०३ प्रतिशत अर्थात् ११ खर्ब ८० अर्ब १७ करोड ४ मात्र खर्च गर्न सकेको महालेखा नियन्त्रण कार्यालयले जनाएको छ । जबकि चालु आर्थिक वर्षका लागि सरकारले कुल १४ खर्ब ७४ अर्ब ६४ करोड बराबरको बजेट विनियोजन गरेको थियो ।

महालेखा नियन्त्रकका अनुसार चालु आर्थिक वर्षको अन्तिम दिन आज चालु खर्च तर्फ कुल ८ खर्ब ५१ अर्ब ४५ करोड ७९ लाख अर्थात् विनियोजित बजेटको अधिकतम ८९.७३ प्रतिशत खर्च भएको छ भने, पुँजीगत खर्च तर्फ जम्मा २ खर्ब २७ अर्ब ७३ करोड ८४ लाख अर्थात् विनियोजित बजेटको ६४.५३ प्रतिशत खर्च भएको छ । सरकारले चालु आर्थिक वर्षको पुँजीगत खर्चका लागि कुल ३ खर्ब ५२ अर्ब ९१ करोड ७५ लाख रुपैयाँ विनियोजन गरिएको थियो ।

यता वित्तीय व्यवस्था तर्फ भने, कुल १ खर्ब ७२ अर्ब ७८ करोड ७३ लाख बजेट विनियोजन गरिएकोमा असार अन्तिमसम्ममा कुल बजेटको ५८.४४ प्रतिशत अर्थात् १ खर्ब ९७ करोड ४१ लाख मात्र खर्च गरेको महालेखा नियन्त्रणको कार्यालयले जनाएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा