आइतबार, भाद्र २१ २०८३
ताजा अपडेट

११.३३ अंकले बढ्यो नेप्से, ८ अर्ब १४ करोडको कारोबार


  • बिहिबार, असार ३१ २०७८
9.2K
SHARES

फाईल तस्बिर

साताको अन्तिम कारोबार दिन  सेयर बजार परिसूचक नेप्से ६.९ अंकले बढेको छ । बुधबार स्थिरजस्तै रहेको बजारमा बिहीबार भने कारोबार रकममा पनि निकै सुधार देखिएको छ ।

बिहिबार २२३ कम्पनीका पाँच करोड ८५ लाख २ हजार १०९ कित्ता सेयर ७३ हजार २७२ पटक खरिद बिक्री हुँदा कारोबार रकम ८ अर्ब १४ करोड ३६ लाख भन्दा धेरै भयो । बुधबार पाँच अर्ब ६५ करोडको मात्रै सेयर खरिद-बिक्री भएको थियो ।

बिहीबार ९ वटा कम्पनीको सेयर मूल्य ५ प्रतिशतभन्दा बढीले बढ्दा बैंकिङ, फाइनान्स, जलविद्युत्, माइक्रो फाइनान्स, म्यूचल फण्ड, निर्जीवन बिमा तथा व्यापार उपसमूहमा हरियाली छायो ।

ङादी पावर ग्रूपको सेयर मूल्य सबैभन्दा धेरै ९.४० प्रतिशतले बढ्यो भने १०.३५ प्रतिशतको कृषि विकास बैंकको डिबेन्चरको मूल्य ३.९० प्रतिशतले घट्न पुग्यो ।

बिहिबार ङादीसँगै रैराङ हाइड्रोपावर, गणपति माईक्रो फाइनान्सका लगानीकर्ता बजारबाट उच्च प्रतिफल पाए । बिहीबार गोर्खा फाइनान्स कम्पनीको सबैभन्दा धेरै ३६ करोड ६१ लाख रुपैयाँभन्दा धेरैको सेयर किनबेच भयो ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा