आइतबार, भाद्र २१ २०८३
ताजा अपडेट

सेयर बजारमा ४४ अंकको गिरावट, कारोबार रकम ९ अर्ब ९८ करोड


  • सोमबार, असार २८ २०७८
11.4K
SHARES

फाईल तस्बिर

सेयर बजारमा ४४.९८ अंकको गिरावट आएको छ । आइतबार ३३ अंकले बढेको बजारमा सोमबार उच्च गिरावट आए पनि कारोबार रकममा भने उल्लेख्य सुधार भएको छ ।

सोमबार सेयर कारोबार मापक नेप्से परिसूचक घटेर २ हजार ८५४ दशमलव ९८ अंकमा आइपुगेको छ । एक दशमलब ५५ प्रतिशतले घटेको बजारमा कारोबार रकम भने ९ अर्ब ९८ करोड पुगेको छ । ‘क’ वर्गको कारोबार गर्ने सेन्सेटिभ इन्डेक्स सोमबार ८.५८ अंकले ओरालो लागेको छ ।
सोमबार दोस्रो बजारमा २२९ कम्पनीको दुई करोड ६० लाख २१ हजार एक सय चार कित्ता सेयर ९२ हजार १९२ पटक कारोबार भएको थियो ।

आज समृद्धि फाइनान्स कम्पनीको सेयर मूल्यमा ५.२४ प्रतिशतको बढोत्तरी आउँदा लगानीकर्ताले दोस्रो बजारमा सबैभन्दा धेरै कमाए । यस्तै युनियन र खानीखोला हाड्रोपावर तथा आरेन्टल होटलका लगानीकर्ताको सम्पत्ति सोमबार पाँच प्रपितशत भन्दा बढीले घट्यो ।

सोमबार निर्धान उत्थान लघुवित्त, एनआईसी एसिया बैंक, राष्ट्रिय बिमा कम्पनीको प्रमोटर सेयर र नबिल बैंकको सेयरको उच्च कारोबार भएको थियो ।

निर्धन उत्थान लघुवित्तको ४९ करोड, एनआईसी एसिया बैंकको ३४ करोड र राष्ट्रिय बिमा कम्पनीको प्रमोटर सेयर २९ करोड भन्दा बढीको सेयर दोस्रो बजारमा कारोबार भएको थियो ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा