युनियन लाइफ इन्स्योरेन्स कम्पनीको प्राथमिक शेयर (आईपीओ) बिहीबार (आज) देखि खुलेको छ।
कम्पनीले अंकित मूल्य १ सयका दरमा कुल ६४ लाख ५० हजार कित्ता सर्वसाधारण समूहको शेयर निष्कासन गरेको छ ।
जसमध्ये सामूहिक लगानी कोष र कर्मचारीलाई छुट्याएपछि ५८ लाख ५ हजार कित्ता शेयर सर्वसाधारणलाई बाँडफाँड हुने कम्पनीले जनाएको छ ।
कम्पनीको आईपीओमा २८ असारसम्म आवेदन दिन सकिने छ । यसको बिक्री प्रबन्धक प्रभु क्यापिटल रहेको छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।