सेयर कारोबार मापक नेप्से परिसूचक ५ अंकले बढेर बन्द भएको छ । नेप्से परिसूचक ५ दशमलव ११ अंकले बढेर २ हजार ८ सय ७५ दशमलव ४९ अंकमा झरेको छ ।
‘क’ वर्गको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ४ दशमलव १७ अंकले बढेर ५ सय ३३ दशमलव ५७ अंकमा पुगेको छ । कारोबार रकममा भने उल्लास देखिएन ।
दिनभर भएका ८१ हजार ३ सय कारोबारबाट २१९ कम्पनीका १ करोड ९२ लाख ८२ हजार ८१५ कित्ता सेयर किनबेच भएका छन् । जसअनुसार कारोबार रकम ७ अर्ब ७२ करोड ५५ लाख १२ हजार ७१६ रुपैयाँ पुगेको छ ।
सोमबार लघुवित्त वित्तीय संस्थाहरुको सेयरमा लगानीकर्ताहरुको चाप देखिएको छ । लघुवित्तको सेयरमा माग अत्यधिक देखिदा धेरै कमाउनेमा यो समूहका लगानीकर्ताहरु देखिएका छन् । समूहगत सवइन्डेक्स सबैभन्दा धेरै लघुवित्त समूहकै बढेको छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।