आइतबार, भाद्र २१ २०८३
ताजा अपडेट

७९.४४ अंकले बढ्यो सेयर बजार


  • मंगलबार, असार ८ २०७८
10.8K
SHARES

फाइल तस्विर

लगातार चार दिन उच्च अंकले करेक्सन भएको सेयर बजारमा मंगलबार भने यूटर्न देखिएको छ । अघिल्लो साता बुधबारबाट घट्न थालेको बजार यो साताको कोरोबार हुने तेस्रो दिन (मंगलबार) भने लयमा फर्किएको हो ।

मंगलबार ७९.४४ अंकले बढेको बजार २९१३.८४ बिन्दुमा पुगेर रोकियो । यो २.८० प्रतिशतको वृद्धि हो । आज सेन्सेटिभ इडेक्समा समेत १६.१९ अंकको वृद्धि देखियो ।

आज बजारमा सबै समूहको परिसूचक हरियो बन्यो । त्यसमा पनि फाइनान्स, विकास बैंक र जलविद्युतका लगानीकर्ताले बढी कमाए ।

मंगलबार कुल २२५ कम्पनीको कारोबार भयो । आज १ लाख १२ हजार ५० पटक कारोबार भएको छ । यो कारोबारबाट १ करोड ९७ लाख ७० हजार ६ सय ३८ कित्ता सेयर किनबेच भएको छ । आज कारोबार रकम भने केही खुम्चिएको छ ।

बजार घट्दा समेत अघिल्लो दुई दिन ११ अर्ब माथिको कारोबार भएकोमा मंगलबार भने १० अर्ब २८ करोड ६२ लाख ६९ हजार ९ सय ५७ रुपैयाँको कारोबार भएको छ । मंगलबार करीव तीन दर्जन कम्पनीको मूल्य सर्किट लेवलमा बढेको छ । ६ वटा कम्पनीको मूल्य १० प्रतिशतले वृद्धि भएको छ ।

आज जानकी फाइनान्स, बरुण हाइड्रोपावर, हाइड्रो इलेक्ट्रोसिटी एण्ड इन्भेष्टमेन्ट कम्पनी, ङादी ग्रुप पावर कम्पनी र पन्चकन्यामाई हाइड्रोको मूल्यमा पोजेटिभ सर्किट लागेको छ । आज पुनर्बिमा कम्पनीको सबैभन्दा बढी कारोबार भएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा