शनिबार, साउन ९ २०८३
ताजा अपडेट

बैंकिङ क्षेत्रले लिड गर्दा नेप्से ३००० माथि, ११ कम्पनीको सेयर मूल्य सर्किट लेभलमा बन्द


  • सोमबार, जेष्ठ ३१ २०७८
11.7K
SHARES

फाइल तस्विर

लगातार दोस्रो कारोबार दिन पनि उच्च अंकले वृद्धि हुँदा सेयर बजार परिसूचक नेप्सेले ३००० अंकको ऐतिहासिक बिन्दु पार गरेको छ । सातको दोस्रो कारोकार दिन सोमबार बजार परिसूचक नेप्से ४२.७२ अंकले वृद्धि हुँदा ३०२५.८३ अंकको एतिहासिक उचाइमा पुगेर बन्द भएको छ ।

निषेधाज्ञाले गर्दा आर्थिक गतिविधि ठप्प भएपनि पछिल्लो समय सेयर बजारमा भने एकपछि अर्को नयाँ रेकर्ड बन्दै गएको छ । जेठ ३० गते आइतबार ३८.३३ अंकले वृद्धि भएर २९८३.११ अंकको नयाँ उचाइ कायम गरेको थियो । नेप्सेले आज उक्त रकर्ड तोडेर पहिले पटक ३००० अंक भन्दामाथि पुगेर बन्द भएको हो ।

आइतबार नेप्सेमा १९ अर्ब ५५ करोडभन्दा माथिको कारोबार भएको थियो । जुन नेप्सेमा एक कारोबार दिनमा भएको अहिलेसम्मकै उच्च रकमको कारोबार हो ।

नेप्सेमा आइतबारको तुलनामा कारोबार रकम केही घटेको भएपनि ३ करोड ५० लाख २७ हजार ३६३ कित्ता सेयर किनबेच हुँदा १८ अर्ब ८८ करोड ४० लाख ३२ हजारको कारोबार भएको छ । आज बजारलाई लिड गर्ने बैंकिङ उपसूचकले नेप्सेलाई लिड गर्दा विकास बैंक हाइड्रोपावर, लघुवित्त र अन्य उपसूचक भने घटेको छ ।

आज बजार परिसूचक सँगै ‘क’ वर्गका कम्पनीले मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि १०.६० अंकले बढेर ५५०.०१ अंकमा बन्द भएको छ ।

आज नेप्सेमा बैंकिङ उपसूचक २.७२ प्रतिशतले वृद्धि हुँदा होटेल तथा पर्यटन उपसूचक ४.२५ प्रतिशत र लगानी उपसूचक २.३४ प्रतिशतले बढेको छ । यता विकास बैंक उपसूचकमा भने १.११ प्रतिशतले करेक्सन भएको छ ।

आज नेप्सेमा ११ कम्पनीको सेयर मुल्य बढेर सर्किट लेभलमा बन्द भएको छ । सेयर मुल्य बढेर सर्किट लेभलमा बन्द हुनेमा जलविद्युत लगानी तथा विकास कम्पनी, नेपाल इन्स्योरन्स, तारागाउँ रिजेन्स होटेल र सोल्टी होटल बाहेक सबैं कमजोर पफमेन्स भएका कम्पनी रहेका छन् ।

यता माउन्टेन हाइड्रो नेपालको सेयर मुल्य ५.०१ प्रतिशतले घटेको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा