शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

सेयर बजारमा पहिरो, यी हुन् आज धेरै कमाउने र गुमाउने कम्पनी


  • सोमबार, जेष्ठ १७ २०७८
11.9K
SHARES

फाइल तस्बिर

बजेट सार्वजनिक भएपछिको दोस्रो कारोबार दिन सोमबार नेपालको पुँजीबजारमा पहिरो गएको छ। आइतबार हालसम्मकै उच्च कारोबारसहित ‘रेकर्ड’ बनेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आज कारोबार रकम र परिसूचक दुवै घट्न पुगेको हो।

आज नेप्से परिसूचक ४५.०७ अंकले घटेर २७८२.८६ विन्दुमा झरेको छ। यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि आज ६.५० अंकले घटेर ५००.५५ विन्दुमा कायम भएको छ।
नेप्सेमा आज कूल १३ अर्ब ३१ करोड रुपैयाँ बराबरको कारोबार भएको छ। आइतबार १७ अर्बको कीर्तिमानी कारोबार भएको थियो।

आज कूल २१८ वटा कम्पनीका दुई करोड ९३ लाख ७१ हजार ४१ कित्ता सेयर एक लाख ४१ हजार ९५८ पटक खरिद-बिक्री भएका थिए।

आज राधी विद्युत् कम्पनीका लगानीकर्ताले सबैभन्दा बढी प्रतिकित्ता ९.९८ प्रतिशतका दरले कमाएका छन्। अरुण भ्याली हाइड्रोपावर कम्पनीका लगानीकर्ताले सबैभन्दा बढी प्रतिकित्ता ९.५२ प्रतिशतका दरले गुमाएका छन्।

आज राधी विद्युत् कम्पनीका सेयर सबैभन्दा धेरै ९० करोड ४२ लाख २० हजार रुपैयाँ बराबरको कारोबार भएको छ। सङ्ख्यात्मक नेसनल हाइड्रोपावर कम्पनीका १० लाख ९८ हजार ३६९ कित्ता सेयर किनबेच भएका थिए। राधी विद्युत् कम्पनीका सेयर सबैभन्दा बढी चार हजार ६३० पटक खरिद-बिक्री भएको नेप्सेले जनाएको छ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा