नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । हिजोको तुलनामा आज नेपाली बजारमा तोलामा ४०० रुपैयाँले मूल्य घटेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार आज सुन प्रतितोला ९३ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो छापावाला सुनको मूल्य ९४ हजार २०० रुपैयाँ थियो ।
सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजावी सुनको मूल्य ९३ हजार ३०० रुपैयाँ कायम भएको छ ।
त्यसैगरि चाँदीको मूल्य भने स्थिर छ । आज चाँदी १ हजार ३५० रुपैयाँ प्रतितोला कायम भएको महासंघले जनाएको छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।