शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

विवेकशील साझाका पूर्वअध्यक्ष उज्वल थापाको स्वास्थ्य अवस्था गम्भीर, भेन्टिलेटरमा उपचार हुँदै


  • शुक्रबार, जेष्ठ १४ २०७८
15.3K
SHARES

फाइल तस्विर

विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष उज्वल थापालाई भेन्टिलेटरमा राखेर उपचार गरिएको छ।

काठमाडौंको ग्राण्डी अस्पतालमा विगत २४ घण्टादेखि थापालाई भेन्टिलेटरमा राखेर उपचार गरिएको छ।

डाक्टर विश्व दवाडीले थापाको अवस्था स्थिर रहेको सेतोपाटीलाई बताए।

‘उहाँको अवस्था स्थिर छ। हिजो बिहानदेखि भेन्टिलेटरमा राखिएको हो,’ उनले भने।

थापालाई कोरोना र निमोनिया देखिएको उनको भनाइ छ।

करिब दुई साताअगाडिदेखि उनी उपचाररत छन्।

थापालाई ग्राण्डी अस्पतालबाट मेडिसिटी अस्पताल सार्ने तयारीसहित छलफल भइरहेको छ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा