कोभिड-१९ को माहामारी चलिरहेको अबस्थामा अत्यावश्यक सेबा भन्दै बैंक तथा वित्तीय संस्थाहरु खुल्ला छन तर बैंकरहरुको गुनासाहरु सुनिन थालेका छन ।
बैंकरहरु सामजिक संजालमा दुखेसो पोख्दै लेख्छन, अस्पतालहरुमा भर्ना नलिने समाचारहरु आइरहदा बैंकरहरु भोलिका दिनमा कोभिड १९ को संक्रममा पर्दा उपचारको जिम्मा कस्ले लिने ?
बैंक अत्यावश्यक सेवा हो र खोल्न जरुरीछ भने कोभिड संक्रम भएको अवस्थामा पाउने उपचारको चित्त बुझ्दो मापदण्ड बैंक हरुले तयार पार्नु पर्ने कि नपर्ने भन्दै प्रश्न उठाएका छन ।
एक बैंकर गुनासो पोख्दै लेख्छन ज्यान हाम्रो पनि हो आश्रीत परिवार हाम्रो पनि छ तर किन बुझ्ने कोसिस गरीदैन हामी काम गर्न तयार छौ तर कमसेकम हाम्रो उपचारको ग्यारेन्टी त बैंकले गर्नु पर्यो हैन भने घरमै बस भन्नु पर्यो ।
सबै भन्दा अत्याबस्यक भनिएका हस्पिटलहरु बिरामी भर्ना लिन सक्दैनौ भनेर भन्दै गर्दा बैंकरहरु कामको सिलसिलामा संक्रमित हुदा के गर्ने भन्दै बैंकरहरुको गुनासा आउन थालेका छन ।
संक्रमण दिनानुदिन बडिरहेको अबस्थामा सरकारले लगाएको निसेधाज्ञामा पनि बैंकहरुले सरकारको निर्देशनलाई वास्तानै नगरि अफ्नै संस्थागत हिसाबले नियम बनाई बैंकका शाखाहरु खोल्ने तर कामदारहरुलाई कुनै उपचारको ग्यारेन्टी नगरीनुले झनै संक्रमणमा टेवा पुग्ने स्वयम बैंकरहरु बताउछन ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।