चाँगुनारायण नगरपालिकाका मेयरले रातभर फोन घुमाउदा पनि एउटा आईसीयू बेड पाउन नसकेको खबर बाहिरीए संगै आम सर्बसाधारणको हालत के हुन्छ भन्ने प्रष्ट भएको छ ।
मेयर सोमप्रसाद मिश्रका अनुसार भक्तपुरको चाँगुनारायण नगरपालिका–६ का अन्दाजी ५५र६० वर्षका पुरुषका लागि उनले शुक्रबार मध्यरातमा आईसीयूमा बेड खोजेका थिए तर बिडम्बना जति प्रयास गर्दा पनि बेड पाउन सकेनन अन्तिम्मा बिराममीको मृतु भयो ।
मिश्रका अनुसार भक्तपुरको चाँगुनारायण नगरपालिका–६ का अन्दाजी ५५/६० वर्षका पुरुषका लागि उनले शुक्रबार मध्यरातमा आईसीयूमा बेड खोजेका थिए ।
तर बेड पाउन सकेनन् र संक्रमितको मृत्यु भएको छ । मेयर मिश्रका अनुसार कोरोना संक्रमण भएर ती पुरुष ६ दिनअघि भक्तपुर अस्पतालमा भर्ना भएका थिए । उनको जेनेरल वार्डमा उपचार भइरहेको थियो । स्वास्थ्यमा थप समस्या आएपछि तीन दिनपछि हाई केयर युनिटमा सारियो । अस्पतालले अक्सिजन अभाव छ भनेपछि आफन्तले अक्सिजन खोजेर उपलब्ध गराए, संक्रमितको स्वास्थ्यमा सुधार आएन ।
अस्पतालले शुक्रबार बिरामीका छोरालाई आईसीयू बेड खोजेर अन्तै लैजान आग्रह गर्यो । ‘अस्पतालबाट शुक्रबार राति १२ बजेतिर फोन आयो । बिरामीका छोराले गरेका रहेछन्,’ मेयर भन्छन्, ‘चिकित्सकले बुबालाई तत्काल आईसीयूमा लैजान भनेका छन् । आईसीयू बेड भएको अस्पताल पुर्याउन सकिए बचाउन सकिन्थ्यो कि भनेर मलाई अनुरोध गरे ।’
मेएर भन्छन मैले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको हटलाइन नम्बर पनि डायल गरे । जति पटक गर्दा पनि फोन उठेन । ‘मेरो सारा प्रयास विफल बन्न पुग्यो । बिहान करिब साढे ७ बजेतिर उनको मृत्युको खबर सुन्नु पर्यो,’ चाँगु नारायण नगरका मेयर मिश्र भन्छन्, ‘बचाउन सकिने अवस्था रहँदा रहँदै एकजना छोराले आँखाकै अगाडि बुबालाई गुमाउनु पर्यो ।’
सरकारले उपत्यकाभित्र रहेका प्रत्येक अस्पतालको बेड क्षमता तथा बेडमा रहेका बिरामी संख्या, बेड खाली रहे÷नरहेको यथार्थ विवरण दैनिक सार्वजनिक गर्नुपर्ने उनको माग छ । सोही सूचनाको आधारमा जनताले पनि बिरामी उपचारको व्यवस्था मिलाउन सक्ने उनको भनाइ छ ।
रातिको घटनाले सबै अस्पताल पूर्ण क्षमतामा सञ्चालनमा नआएको हो कि भन्ने प्रश्न उब्जाएको भन्दै उनले अनुगमन गर्न सरकारलाई सुझाएका छन् ।