शनिबार, साउन ३० २०८३
ताजा अपडेट

सरकारी पक्षको अभिब्यक्तिले सर्बसाधारणको जिवन पशुपतिनाथको भरोसामा


  • शनिबार, बैशाख १८ २०७८
14.7K
SHARES

फाईल तस्बिर

नेपालमा कोरोनाभाइरस कोभिड—१९ संक्रमितको संख्या बढिरहेको कुरा सर्बबिधितै छ तर सरकारले बिरामीको उपचार गर्न नसक्ने भन्दै हात उठाउने अभिब्यक्ति दिन सुरु गरेको छ । नागरिकको अभिभावक भनिने सरकारले नै हात उठाएर आत्मसमर्पण गरेपछि अब सर्वसाधारण नागरिकको जीवन भगवान पशुपतिनाथको भरोसामा पुगेको छ ।

शुक्रबार स्वास्थ्य मन्त्रालयले सार्वजनिक अपिल जारी गर्दै काठमाडौं उपत्यका लगायतका १७ जिल्लामा कोरोना संक्रमण उच्च गतिमा फैलिरहेको र अस्पतालहरुमा बिरामीका लागि शैय्याले धान्न छाडेकाले नागरिक आफैं सचेत र सर्तक हुन भने संगै आम सर्बसाधारणको जिवन अब भगवानकै भरोसामा पुगेको हो ।

जनताको अभिभाबक सरकारनै नसक्ने भईयो भन्दै हात उठाए पछी कोरोनाबाट त्रसीत र संक्रमीत जनता झन त्रासमा बाच्न बध्य भएका छन ।

‘स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने गरी संक्रमण बढेकाले अस्पतालमा राखेर हेरचाह गर्न अस्पताल शैय्या उपलब्ध गराउन नसकिने भइसकेको छ’, स्वास्थ्य मन्त्रालयले शुक्रबार जारी गरेको अपिलमा भनिएको थियो । यो अपील बाट स्पस्टै बुझ्न सकिन्छ सरकार आम सर्बसाधारको अभिभाबकत्व ग्रहण गर्न नखोजी भाग्न खोज्दैछ ।

सरकारको यस्तो अपिललाई सरोकारवालाहरूले गैरजिम्मेवारपूर्ण अभिव्यक्ति भन्दै फिर्ता लिन सुझाव दिएका छन् । सरकारले नै यसरी हात झिकेपछि सर्वसाधारण नागरिकको जीवनरक्षा गर्ने दायित्व कसको हो र कसको भरोसामा महामारीसँग लड्ने ? भन्ने गम्भीर प्रश्न उब्जिएको छ जनस्वास्थ्यविद् बताउँछन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा