काठमाण्डाैं उपत्यकामा बैंक तथा वित्तीय संस्थाहरु दिनमा चार घण्टा मात्र खुला हुने भएका छन्।
निषेधाज्ञा लागेका उपत्यकाका तीन जिल्लामा बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म बैंक खुल्ने भएकाे हाे ।
राष्ट्र बैंक र बैंकरबीच बुधबार भएको छलफलमा याे सहमति भएकाे छ ।
काेराेनाकाे संक्रमणको अवस्थालाई हेरेर पछि निर्णय गरिने बताइएकाे छ । बैंकका एटीम भने साविककै जस्तै खुला रहने छन् ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।