शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

सानिमा बैंकको त्रैमासमा १४ प्रतिशतले नाफा बढ्यो


  • बुधबार, बैशाख १५ २०७८
7.8K
SHARES

फाइल तस्बिर

सानिमा बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा १४ प्रतिशतले नाफा बढेको वित्तीय विवरण सार्वजानिक गरेको छ।

गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा १ अर्ब ६१ करोड रुपैयाँ नाफा कमाएको बैंकले चालु आर्थिक वर्षको सोहि अवधिमा १ अर्ब ८५ करोड रुपैयाँ खुद नाफा कमाएको छ जुन ४.६७ प्रतिशतले धेरै हो।

यस अवधिमा बैंकले खुद ब्याज आम्दानी बढाउन नसकेपनि फि कमिसनमार्फत हुने आम्दानीमा सुधार गरेको छ भने सञ्चालन आम्दानी पनि बढेको छ। अर्कोतर्फ सम्भावित जोखिमबापत गत वर्षभन्दा कम रकम छुट्याउदा पनि बैंकको नाफामा बृद्धि देखिएको हो।

यस अवधिमा बैंकको खुद ब्याज आम्दानी ०.९० प्रतिशतले बढेर ३ अर्ब २७ करोड पुगेको छ भने सञ्चालन नाफा १४.९६ प्रतिशतले बढेको छ।

हाल ९ अर्ब ६८ करोड रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको जगेडामा ३ अर्ब ३० करोड रुपैयाँ छ। बैंकको प्रतिशेयर आम्दानी २५ रुपैयाँबाट बढेर २५ रुपैयाँ पुगेको छ भने प्रतिशेयर नेटवर्थ १४८ रुपैयाँ रहेको छ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा