आइतबार, भाद्र २१ २०८३
ताजा अपडेट

नेप्सेमा फर्कियो उत्साह, ११ कम्पनीको ‘सर्किट’ लेभलमा कारोबार


  • मंगलबार, बैशाख १४ २०७८
19.3K
SHARES

फाईल तस्बिर

दुई दिन लगातार उच्च अंकले घटेको सेयर बजारमा मंगलबार भने उत्साह देखिएको छ । आईतबार र सोमबार गरी १४१ अंक भन्दा धेरैले घटेको सेयर कारोबार मापक नेप्से परिसूचक मंगलबार एकैदिन ९२ अंक भन्दा धेरैले सुधार भएको छ ।

नेप्से परिसूचक ९२ दशमलव ४६ अंकले बढेर २ हजार ५ सय ९९ दशमलव ०७ अंकमा पुगेको छ । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि १४ शदमलव ४८ अंकले बढेको छ । समूहगत सवइन्डेक्सहरु पनि सबै बढेका छन् ।
परिसूचकमा उत्साह देखिए पनि कारोबार रकम भने आइतबार र सोमबारको तुलनामा कम भयो । आज ५ अर्ब १० करोड ९० लाख ९६ हजार ९ सय ५७ रुपैयाँको सेयर कारोबार भएको छ । यस अघि आइतबार ७ अर्ब भन्दा माथिको कारोबार भएको थियो भने सोमबार पनि ६ अर्ब ५९ करोड रुपैयाँ भन्दा माथिको सेयर कारोबार भएको थियो ।

माथिल्लो तामाकोशीमा सर्किट

माथिल्लो तामाकोशीको सेयर मूल्यमा सर्किट ब्रेक नै लागेको छ । यस कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेर ८४७ रुपैयाँमा पुगेको छ । माथिल्लो तामाकोशी, विशाल बजार कम्पनी, महिला लघुवित्त वित्तीय संस्था तथा युनाइटेड इन्स्यारेन्ससहितका ११ कम्पनीको सेयर मूल्य सर्किट लेभलमा कारोबार भएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा