शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

कोरोना संक्रमण बढेसँगै बैंकहरुको कर्जाको बृद्धिदर घट्यो, निक्षेप पनि घट्दै


  • सोमबार, बैशाख १३ २०७८
14.5K
SHARES

कोरोनाको संक्रमण बढेसँगै वाणिज्य बैंकहरुको कर्जा लगानीको बृद्धिदर पनि केहि घटेको छ। बैशाखको पहिलो ३ दिनमा ८ अर्ब रुपैयाँले घटेको कर्जा लगानी दोस्रो साता १७ अर्ब रुपैयाँले बढेको छ।

चैत महिना भर हरेक साता ३० अर्ब भन्दा धेरैले बढ्दै आएको कर्जा लगानीको बृद्धिदर बैशाख लागेपछि केहि खस्किएको हो।

गत वर्ष कोरोना संक्रमण केहि कम हुँदै जाँदा बैंकबाट कर्जा लिनेहरु ह्वातै बढेका थिए। तर अहिले संक्रमण बढेसँगै पुनः कर्जाको माग कम हुन थालेको बैंकरहरु बताउँछन्।

बैंकहरुको निक्षेप संकलन पनि बैशाख लागेदेखि नै लगातार घट्न थालेको देखिएको छ। नेपाल बैंकर्स एशोशियसनको तथ्याङ्क अनुसार बैंशाखको पहिलो ३ दिनमा नै १७ अर्बले घटेको निक्षेप संकलन दोस्रो साता अर्थात ३ गतेदेखि ९ गतेसम्ममा ५ अर्ब रुपैयाँले घटेको छ।

बैशाख ९ गतेसम्म्मा वाणिज्य बैंकहरुको निक्षेप संकलन ३९ खर्ब २२ अर्ब रुपैयाँ पुगेको छ जसमा ३८ खर्ब ११ अर्ब र १ खर्ब ११ अर्ब बैदेशिक मुद्रामा लिइएको निक्षेप रहेको छ।

यस अवधिमा कर्जा लगानी पनि ३५ खर्ब ८३ अर्ब रुपैयाँ पुगेको बैंकर्स एशोशियसनको तथ्याङ्कले देखाउँछ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा