शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

नेप्से परिसूचक ३२ अंकले घट्यो, म्युचुअल फण्डबाहेक सबै राताम्मे


  • बुधबार, बैशाख ८ २०७८
10.8K
SHARES

फाईल तस्बिर

मंगलबार झिनो अंकले सुधारिएको सेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । नेप्से परिसूचक ३२ दशमलव ४१ अंकले घटेर २ हजार ६ सय ३२ दशमलव २० अंकमा झरेको छ ।

‘क’ वर्गको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ६ दशमलव २१ अंकले घटेको छ । बुधबार म्युचुअल फण्ड समूहको सवइन्डेक्स ० दशमलव ०२ अंकले उकालो लागेको छ भने बाँकी सबै समूहगत सबइन्डेक्स घटेर राताम्मे देखिएका छन् ।

बजार समग्रमा ३२ अंकले घटेपनि केहि कम्पनीहरुको सेयर मूल्यमा भने निकै राम्रो सुधार देखिएको छ । चार वटा कम्पनीको सेयर मूल्य सर्किट लेभल (९ प्रतिशत भन्दा माथि) ले वृद्धि भएका छन् । सबैभन्दा धेरै कमाउनेहरुको शिर्ष स्थानमा ज्योति लाइफ इन्स्यारेन्सका लगानीकर्ताहरु देखिएका छन् ।

आईपीओ सूचीकृत भएदेखि नै दैनिक वृद्धि भइरहेको ज्योति लाइफको बुधबार पनि ९ दशमलव ९६ अंकले वृद्धि भएको छ । कारोबार संख्या तथा कारोबार रकमका आधारमा भने पहिलो नम्बरमा नेपाल इन्फ्रास्ट्रक्चर बैंक देखिएको छ ।

४ हजार १०६ वटा कारोबार हुँदा निफ्राको २५ करोड ४५ लाख रुपैयाँ भन्दा धेरैको कारोबार भएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा