नयाँ वर्ष २०७८ को सुरुवातसँगै नेपाली बजारमा सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । गत वर्षको अन्तिम कारोबारका दिन मंगलबार अधिकतम ८९ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य नयाँ वर्षको दोस्रो दिन अर्थात् बिहीबार तोलामा ३०० रुपैयाँले वृद्धि हुँदै प्रतितोला ८९ हजार ८०० रुपैयाँमा कारोबार भएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाला सुनको मूल्य प्रति तोला ८९ हजार ८०० रुपैयाँ र तेजाबी सुनको मूल्य ८९ हजार ३५० रुपैयाँ कायम भएको छ ।
यता चाँदीको मूल्य भने प्रति तोला एक हजार २९० रुपैयाँ तोकिएको छ । महासंघका अनुसार गत मंगलबारको तुलनामा चाँदी प्रति तोला ३० रुपैयाँले वृद्धि भएको हो ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।