शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

कोरोनाको दोस्रो लहर, बामे सर्न लागेको अर्थतन्त्रलाई झड्का


  • शुक्रबार, चैत्र २७ २०७७
21.3K
SHARES

फाईल तस्बिर

कोरोनाको दोस्रो लहर आउने संकेत देखिए संगै बामे सर्न लागेको अर्थतन्त्रलाई फेरी झड्का लग्ने देखिएको छ ।

दिन दिनै बड्दो कोरोनाको ग्राफले जनतमा फेरी लकडाउन हुने हो की भन्ने त्रास फैलिए संगै,लकडाउनले थलिएको अर्थब्यबस्था बर्तमान अबस्थामा बामे सर्नै लाग्दा फेरी दोस्रोलहर सिर्जना भए संगै थलिने अबस्था सिर्जना भएको छ ।

सरकारले बिहीबार रेष्टुरेन्ट तथा रात्रिकालीन व्यवसाय राति ९ बजेपछि बन्द गर्न अनुरोध गर्दै विज्ञप्ति जारी गर्‍यो । कोभिड–१९ को प्रकोप पुनः बढ्दो क्रममा रहेकाले सरकारले यस्तो अनुरोध गरेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार एक सार्वजनिक मञ्चबाटै कोरोना भयावह हुनसक्ने बताए ।

उनले छिमेकी मुलुकमा कोरोनाको त्रास बढेको भन्दै सजग रहन आग्रह मात्रै गरेनन् पुनः लकडाउन हुनसक्ने चेतावनीसमेत दिए । शुक्रबार त स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विद्यालय जस्ता बढी भीडभाड हुने क्षेत्र बन्द गर्न सिफारिस नै गरेको छ । २५ जनाभन्दा बढी भीडभाड हुनै दिन नहुने स्वास्थ्य मन्त्रालयले कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) लाई गरेको सिफारिसमा उल्लेख छ ।

पछिल्लो समय भारतमा कोभिड संक्रमण दर बढ्दै गएको र खुला सिमानाका कारण नेपालमा पनि जोखिम बढेकोले सचेत हुन उनले आग्रह गरे । बेलैमा सतर्क नभए जनजीवन ठप्प पार्ने स्थिति आउने उनले चेतावनी दिए । ‘हाम्रो जनजीवनलाई ठप्प पनि नगरौं तर बाध्य भएरै ठप्प पार्नुपर्ने स्थिति आउन सक्छ यदि हामी सावधान भएनौं भने, उनले भने ।

प्रधानमन्त्रीको अभिव्यक्तिपछि निजी क्षेत्रमा भने पुनः एक किसिमको त्रास दोहोरिएको छ । गत वर्षको ११ चैतपछि लामो समय लकडाउनका कारण व्यापार व्यवसाय ठप्प हुँदा निकै मार्का खेपेका साना तथा ठूला उद्योगी व्यवसायीहरू सरकारीस्तरबाटै लकडाउन हुनसक्ने चेतावनीपछि थप त्रसित बनेका छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा