नेपाल राष्ट्र बैंकले अनलाइनमार्फत अन्तर्राष्ट्रिय भुक्तानीको व्यवस्था गरेको छ । अन्तर्राष्ट्रिय भुक्तानीको व्यवस्था नगर्दा अवैधानिक कारोबार मौलाएको भन्दै राष्ट्र बैंकले डिजिटल भुक्तानीको व्यवस्था गरेको हो । आइतबार नै राष्ट्र बैंकले यस्तो व्यवस्था मिलाउन बाणिज्य बैंक र विकास बैंकलाई निर्देशन दिइसकेको छ ।
जसअनुसार राष्ट्र बैंकले अब अनलाइनबाट विदेशी वस्तु तथा सेवा खरिद गरी वार्षिक ५ सय अमेरिकी डलरसम्म खर्च गर्न पाउने व्यवस्था गरेको हो । नेपाली बैंकमार्फत प्रिपेड कार्ड बनाएर सो बराबरको रकम खर्च गर्न पाइने राष्ट्र बैंकले जानकारी दिएको छ ।
वाणिज्य बैंक र विकास बैंकलाई ५ सय अमेरिकी डलरसम्मको प्रिपेड कार्ड बनाएर जारी गर्न पाउने अधिकार दिएको हो । कार्डमार्फत मात्रै वस्तु तथा सेवा खरिदको भुक्तानी हुँदै आएकोमा केन्द्रीय बैंकले नेपालबाटै वैधानिक रुपमा खर्च गर्न पाइने व्यवस्था मिलाएको हो । ग्राहकको अनुरोधमा कार्डमा उक्त दिनको विनिमय दरका आधारमा अधिकतम अमेरिकी डलर ५ सय वा सो बरावरको अपरिवर्त्य विदेशी मुद्रा जम्मा गर्न सकिनेछ ।
अपरिवर्त्य विदेशी मुद्राको प्रिपेड कार्ड लिन चाहने व्यक्ति, फर्म, कम्पनी वा संस्थाको बैंक खातामा रहेको नेपाली रूपैयाँलाई सटही गरी त्यस्तो कार्ड जारी गर्न सकिने राष्ट्र बैंक विदेशी विनिमय विभागका कार्यकारी निर्देशक रामु पौडेलले जानकारी दिए ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।