नेपाली बजारमा आज पनि सुनको मूल्य स्थिर रहेको छ ।
सोमबार र मंगलबार लगातार दुई दिन सुनको मूल्य स्थिर रहेको हो । आज पनि छापावाला सुन प्रतितोला ८६ हजार ६०० रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै तेजाबी सुन पनि आज ८६ हजार १५० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
चाँदीको मूल्य भने आज तोलामा ५ रूपैयाँले बढेको छ । चाँदी आज प्रतितोला १२८० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।