शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

यू–१६ टोलीका कप्तान जानलाई मनास्लु वल्र्ड कलेजको छात्रवृत्ति


  • मंगलबार, भाद्र ३० २०७७
27.7K
SHARES

काठमाडौँ–नेपाली यू–१६ राष्ट्रिय फुटबल टोलीका कप्तान जान लिम्बूलाई मनास्लु वल्र्ड कलेजले प्लस टु अध्ययनका लागि छात्रवृत्ति प्रदान गरेको छ । चुच्चेपाटीस्थित मनास्लु वल्र्ड कलेजले ब्यबस्थापन विषय अध्ययनका लागि जानलाई पूर्ण छात्रबृत्ति प्रदान गरेको हो ।

मनानस्लुका अध्यक्ष गेन्द्र लामा, व्यवस्थापक कुमार मोक्तान र प्रिन्सिपल राजन श्रेष्ठ तथा जानबीच सो सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । यस वर्षको शैक्षिक सत्रदेखि सुरु भएको मनास्लुमा हाल म्यानेजमेन्टसहित विज्ञान, मानविकी र कानुन विषयका पढाईं हुने अध्यक्ष लामाले बताए ।
अध्यक्ष लामाले सामाजिक उत्तरदायित्व वहन गर्नुका साथै अभिभावकलाई खेलमा लागेर पनि आफ्ना नानी, बाबुहरुले अनेक क्षेत्रमा अवसर पाउन सक्छन् भन्ने सन्देश प्रवाह गर्नका लागि कप्तान जानबाट यो कदमको सुरुवात गरिएको बताए । उनले इच्छुक भएको खण्डमा यु–१६ का सम्पूर्ण सदस्यलाई पनि पूर्ण छात्रवृत्तिको अवसर दिन मनास्लु तयार रहेको प्रतिबद्धता समेत जनाए ।


जानले २०७६ को एसईई सातदोबाटोस्थित लोक स्मृति विद्यालयबाट उत्तीर्ण गरेका हुन् । सानो उमेरदेखि नै फुटबल खेल्न सुरु गरेका जान झापाको सरामतीका स्थायी बासिन्दा हुन् । उनले विभिन्न उमेर समूहको अन्तराष्ट्रिय प्रतियोगितामा नेपालको प्रतिनिधित्व गरिसकेका छन् ।
जानका पिता पनि भलिबलका पूर्व राष्ट्रिय खेलाडी हुन् ।
तस्विरः मनास्लु वल्र्ड कलेज


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा