शनिबार, साउन ९ २०८३
ताजा अपडेट

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नयाँ शाखा उदयपुरको घुर्मीमा खुल्दै


  • आइतबार, भाद्र ३० २०८१
11.2K
SHARES

नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको नयाँ शाखा उदयपुरको घुर्मीमा खुल्ने भएको छ । यही भदौं ३१ गते सोमबारदेखि सञ्चालनमा ल्याउने गरी बैंकले तयारी पुरा गरेको छ । बैंकको यो नयाँ शाखा दुर्गमका जनता लक्षित शाखा हो ।

उक्त शाखा उदयपुरको कटारी नगरपालिकामा पर्दछ । सो नगरपालिकाका ५ वटा वडाहरु (लिम्पटार, हर्देनी, सोरुङ्गछविसे, मयांखु र लेखानी) का २० हजार बढी सर्वसाधारणले नियमित लाभ लिन सक्नेछन् । त्यस्तै बैंकको उक्त शाखा सञ्चालनमा आएपछि उदयपुरको अतिरिक्त सिन्धुली, ओखलढुंगा, सोलुखुम्बु र खोटाङका जनताले समेत बैंकबाट प्राप्त हुने अत्याधुनिक वित्तीय सेवा प्राप्त गर्ने अवसर मिल्दैछ ।

ओखलढुंगाको मानेभञ्ज्याङ गाउपालिकाको ४ वटा वडाहरु जस्तै टोक्सेल, हर्कपुर, थाक्ले, हिलेपानी, माझीगाउँ, सुनकोशी गाउँपालिकाका बल्खु, सिसेरी, मोलुङ, ङाजाजेरूङ्ग, सिन्धुली जिल्लाको फिक्कल गाउँपालिकाको तीन वटा वडाहरु नागथान, साँखु, सालुके, सोल्पा, गैरीलाई समेट्ने योजना बनाएको छ । त्यसैगरी जिल्लाको हलेसी तुवाचुङ नगरपालिकाको गोपीटार, जोर्ती, जयरामघाट पारीलाई पनि बैंकले समेट्ने छ ।

हालसम्म कुनै पनि बैंकको शाखा नरहेको उक्त ठाउँमा बैंक सञ्चालनमा आएपछि घुर्मी बजारमा तीन जिल्ला खोटाङ, ओखलढुंङ्गा र सोलुखुम्बुको नाका हुँदै हरेक दिन ओहोर दोहोर गर्ने २५० जति साना ठूला व्यापारी समेतले प्रत्यक्ष लाभ लिनेछन् ।

यस्तैगरि उक्त स्थानमा सडक डिभिजन कार्यालय, विद्यालय, पेट्रोल पम्प, होटलहरु, होलसेल पसल, हार्डवेयर, प्रहरी चौकीका साथै एनसेल लगायत केही निजी कार्यालयका शाखाहरु रहेको, नेपाल टेलिभिजनको शाखा समेत बन्दै गरेको छ । सो स्थानमा बैंकको नयाँ शाखा सञ्चालनसँगैै ती कार्यालयहरु वित्तीय सेवा लिन टाढा धाउनुपर्ने बाध्यता सँधैका लागि बन्द हुनेछ ।

बैंकले ग्राहकको आवश्यकतालाई मध्यनजर गरेर एटीएमलगायत सबै किसिमका अत्याधुनिक वित्तीय सेवा उपलब्ध गराउने जानकारी दिएको छ


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा