शनिबार, साउन ९ २०८३
ताजा अपडेट

प्यान अद्यावधिक गर्न एनआईसी एसिया बैंकको अनुरोध


  • बुधबार, भाद्र २६ २०८१
8.5K
SHARES

काठमाडौं । एनआईसी एसिया बैंकले स्थायी लेखा नम्बर (प्यान) अद्यावधिक गर्न ग्राहकसँग अनुरोध गरेको छ । खाताबाट गरिएको करकट्टी विवरण आयकर ऐन–२०५८ बमोजिम प्यानमा आबद्ध गर्नुपर्ने भएकोले अद्यावधिक गर्नु आवश्यक रहेको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

आफूलाई पायक पर्ने बैंकको जुनसुकै शाखा कार्यालय वा बैंकको पोर्टल वा मोबाइल बैंकिङ एपबाट प्यान अद्यावधिक गर्न सकिने बैंकले जनाएको छ ।

यस बैंकबाट निक्षेपकर्ताको ब्याज भुक्तानी बापत काटिएको करलाई ई टीडीएस रेकर्डमा जनाउनका लागि प्यान अत्यावश्यक हुने बैंकले जनाएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा