शनिबार, साउन ९ २०८३
ताजा अपडेट

प्रथम ज्ञान चक्षु जिल्ला व्यापी तेक्वान्दो प्रतियोगिता भव्यताका साथ सम्पन्न (तस्बिर सहित)


  • शनिबार, माघ २७ २०८०
15.3K
SHARES

काठमाडौँ । बूढानीलकण्ठ नगरपालिका वडा नम्वर ७, भेटघाट चोकमा रहेको ज्ञान चक्षु इंग्लिस हाई स्कूलको आयोजनामा जिल्लाव्यापी तेक्वान्दो प्रतियोगिता सम्पन्न भएको छ । ज्ञान चक्षुको पहिलो पटक आयोजना गरेको उक्त उक्त खेलमा विद्यार्थी, खेलाडी, खेलप्रेमी स्थानीय व्यतित्व, स्थानिय जनप्रतिनिधि लगायतको उपस्थिती रहेको थियो ।

उक्त प्रतियोगितामा १५ वटा विद्यालयबाट २३६ जना खेलाडीको सहभागिता रहेको थियो ।

प्रतियोगिताको समापनमा बोल्दै प्रमुख अतिथि अर्थमन्त्री प्रकाश शरण महतले विद्यार्थीहरुको अन्तरनिहित क्षमता प्रस्फुटन गर्न प्रतियोगिताहरु सहयोगी हुने बताएका थिए ।

स्कुलका संस्थापक अध्यक्ष रमेश श्रेष्ठको सभापतित्वमा आयोजित कार्यक्रममा बुढानिलकण्ठ नगरपालिकाकी उपप्रमुख अनिता लामा, वडा नं ७ का अध्यक्ष बस नारायण महर्जन, वडा सदस्य सावित्रा ढकाल भट्टराई, नेकपा एमालेका नेता नारायण भाई श्रेष्ठ, नेपाल तेक्वान्डो संघ काठमाडौंका अध्यक्ष बिक्रम खड्गी लगायतको उपस्थिति थियो ।

विजयी खेलाडीहरुलाई सोही दिन ट्रफी, मेडल र प्रमाण–पत्रद्धारा पुरस्कृत गरिएको थियो ।

‘प्रतियोगिता भव्यताका साथ सम्पन्न गर्न सफल भयौँ ।’ स्कूलका अध्यक्ष श्रेष्ठले भने, ‘स्कूलले आयोजना गरेको यो पहिलो कार्यक्रमबाटै हामी उत्साहित भएका छौँ । विद्यालय टिमको लामो समयको तयारी पछि प्रथम ज्ञान चक्षु जिल्लाव्यापी तेक्वान्दो प्रतियोगिताको आयोजना गर्न सफल भएको हौँ । सफलताका साथ उक्त प्रतियोगिता सम्पन्न गर्न पाउँदा हामी अत्यन्तै खुशी भएको छौँ । हाम्रो निमन्त्रणालाई सहर्ष स्विकार गर्दै सहभागि खेलाडी, अतिथि, प्रमुख अतिथि लगायतमा धन्यवाद ज्ञापन गर्दछु ।’

 


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा