बुधबार, जेष्ठ १७ २०८०
ताजा अपडेट

सुनको मूल्य ह्वात्तै बढ्यो, कतिमा हुदैछ कारोबार ?


  • KTM Khabar
  • बुधबार, कार्तिक २३ २०७९
6.2K
SHARES

फाइल तस्विर

साताको चौथो दिन आज बुधबार सुनचाँदीको मूल्य बढेको छ । सुनको मूल्य एकै दिन एक हजार चार सय रुपैयाँले बढेको छ। म‌ंगलबारको तुलनामा बुधबार सुनको मूल्य तोलामा एक हजार चार सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

म‌ंगलबार प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य बुधबार बढेर प्रतितोला ९५ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

सोमबारको तुलनामा मंगलबार सुन प्रतितोला तीन सय रुपैयाँले घटेको थियो। महासंघका अनुसार बुधबार तेजाबी सुन प्रतितोला ९४ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ।

यस्तै चाँदीको मूल्य पनि बढेको छ। मंगलबार प्रतितोला १ हजार २६५ रुपैयाँमा कारोबार भएको चाँदी बुधबार तोलामा ३० रुपैयाँले बढेर प्रतितोला १ हजार २९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

मंगलबार प्रतितोला ९४ हजार रूपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार १४ सयले बढेर ९५ हजार ४ सय रूपैयाँ मा कारोवार भएको होे ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा