शनिबार, असोज १५ २०७९
ताजा अपडेट

कपअन स्पोर्टसको भव्य ग्राउण्डमा भएको जिल्लाब्यापी फुटसल प्रतियोगिता सम्पन्न, माउण्ट ग्लोरीले जित्यो उपाधि (फोटोसहित)


  • KTM Khabar
  • आइतबार, भाद्र २६ २०७९
1.2K
SHARES

काठमाडौँ । युरोपियन कोचबाट नेपालमा पहिलो पटक ‘फुटबल एकेडेमी’ सञ्चालन हुँदै आएको कपन स्थित कपअन स्पोर्टस सेन्टरमा भएको जिल्लाव्यापी अन्तर विद्यालय फुटसल टुर्नामेन्ट आज सम्पन्न भएको छ । तिन दिनसम्म लिग नकआउट चरणमा सञ्चालन भएको उक्त टुर्नामेन्ट आज सम्पन्न भएको हो ।

काठमाडौँका १९ विद्यालयहरू सहभागी भएको उक्त टुर्नामेन्ट बिहीबारबाट सुरु भएको थियो । औपचारिक कार्यक्रमका बिच प्रतियोगिताको उद्घाटन गरिएको थियो । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का निवर्तमान अध्यक्ष कर्मा छिरिङ्गले रेफ्रीलाई बल हस्तान्तरण गर्दै प्रतियोगिताको उद्घाटन गरेको थिए ।

यस्तै, आज भएको फाइनल खेलमा रोमाञ्चक जित निकाल्दै जिल्लाव्यापी अन्तर विद्यालय सेभेन ए साइड फुटसल टुर्नामेन्टको उपाधि माउण्ट ग्लोरीले जितेको छ । ग्लोरीले काष्ठमण्डपलाई पेनाल्टी सुट आउटमा २ का विरुद्ध ४ गोल अन्तरले पराजित गर्दै उपाधि उचालेको हो ।
काठमाडौँ खेलकुद समाजको आयोजनामा भएको उक्त प्रतियोगिताको आज नै समापन तथा पुरस्कार वितरण कार्यक्रम गर्दै विजयी टिमलाई पुरस्कृत गरियो । विजयी प्रथम, द्वितीय टिमलाई ट्रफी, मेडल र प्रमाण–पत्र प्रदान गरिएको थियो ।

उक्त पुरस्कार तथा समापन कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य नानु बास्तोला, काठमाडौँ खेलकुद समाजका अध्यक्ष बद्री भट्टराई, मिना पराजुली, अच्युत पौडेल, राजाराम बुढाथोकी, राम विनोद लामिछाने, जया भण्डारी, उषा कालाखेती, निरञ्जन खड्का, धर्म सागर ढकाल, घनश्याम ज्ञवाली, माधव त्रिपाठी, किरणजंग कार्की लगायतको उपस्थिति रहेको थियो ।

छात्रा तर्फको खेलमा वेदव्यास विद्यालयले उपाधि जितेको छ । माउण्ट ग्लोरीलाई पराजित गर्दै वेदव्यासले उपाधि जितेको हो ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा