आइतबार, असोज १६ २०७९
ताजा अपडेट

माफको फुटसल टुर्नामेन्ट आजबाट सुरु, आठ टिमले गरे विजयको सुरुवात


  • KTM Khabar
  • मंगलबार, साउन २४ २०७९
2.5K
SHARES

काठमाडौँ । निजी विद्यालयहरूको छाता सङ्गठन म्युचुअल एकेडेमिक एक्टिभिटिज फोरम (माफ) को आयोजनामा दोश्रो अन्तर विद्यालय फुटसल टुर्नामेन्ट आजबाट सुरु भएको छ । माफमा आबद्ध विद्यालयहरूको सहभागितामा दोश्रो फुटसल टुर्नामेन्ट आजबाट सुरु भएको हो ।

प्रतियोगितामा माफमा आबद्ध १५ विद्यालयहरूबाट १५ टिमले सहभागिता जनाएका छन् । जसअन्तर्गत आजै औपचारिक उद्घाटन कार्यक्रमको आयोजना गर्दै टुर्नामेन्ट सुरु गरिएको छ ।

धुम्बाराहीमा रहेको धन्वन्तरि फुटसलमा गरिएको उक्त टुर्नामेन्टमा ग्रुप ‘ए’ देखि ‘डी’ सम्मको समूह चरणमा विभाजन गरी खेल खेलाइएको छ ।

ग्रुप ‘ए’ अन्तर्गत गोल्डेन पिक हाइ स्कुल, क्याम्ब्रिज पब्लिक हाइ स्कुल, एडभान्स हाइ स्कुल र जगत मन्दिर सेकेन्डरी स्कुल रहेका छन् । समूह ‘बि’ अन्तर्गत पिस प्वाइन्ट बोर्डिङ स्कुल, नोबेल एकेडेमी, रिभेरा इन्टरनेसनल एकेडेमी र इलिक्सर एकेडेमी रहेका छन् । समूह ‘सी’ अन्तर्गत शाम्भवी स्कुल, बेबिलोन नेसनल स्कुल , प्रस्फुटन इन्टरनेसनल एकेडेमी रहेका छन् । समूह ‘डी’ अन्तर्गत व्हिज किड्ज इन्टरनेसनल स्कुल, ज्ञान निकेतन सेकेन्डरी स्कुल, न्यु अरुणोदय स्कुल र लाइसियम मोडेल स्कुल रहेका छन् ।

यस्तै, आज भएको समूह चरणको खेलमा ८ टिमले आफ्नो विजय सुरुवात गरेका छन् । समूह ‘ए’ अन्तर्गत गोल्डेन पिक हाइ स्कुल र जगत मन्दिर सेकेन्डरी स्कुल विजयी भएका छन् । समूह ‘बि’ अन्तर्गत नोबेल एकेडेमी र पिस प्वाइन्ट बोर्डिङ स्कुल विजयी भएका छन् । समूह ‘सी’ अन्तर्गत बेबिलोन नेशनल स्कुल र शाम्भवी स्कुल विजयी भएका छन् । समूह ‘डी’ अन्तर्गत लाइसियम मोडेल स्कुल र न्यु अरुणोदय स्कुल विजयी भएका छन् ।

भोलिबाट भने नकआउट चरणका खेलहरू हुनेछन् । विजयी ८ टिमको क्वार्टर(फाइनल चरणका खेलहरू भोलि हुनेछन् । जस अन्तर्गत विजयी टिमको सेमिफाइनल र फाइल खेल भोलि नै हुनेछ ।

विशेष समापन समारोहको आयोजना गरी विजयी टिमलाई भोलि नै पुरस्कृत गरिनेछ । विजयी प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने टिमलाई ट्रफी, मेडल र प्रमाण–पत्र प्रदान गरिने माफका अध्यक्ष प्रज्वल कोइरालाले केटिएम खबरलाई बताउनु भयो ।

समापन समारोहको प्रमुख अतिथिमा राष्ट्रिय फुटबल टिमका पूर्व कप्तान हरि खड्काको उपस्थिति हुनेछ । भने माफ कार्यसमिति, प्याब्सन लिडर, विद्यार्थी एवं फुटसलसंग सरोकार राख्ने विभिन्न व्यक्तिहरूको सहभागिता रहने जनाइएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा