२३ असार, काठमाडौं ।
सुनको मूल्यमा ओरालो लाग्ने क्रम रोकिएको छैन । बुधबारदेखि सुनको मुल्यमा गिरावट आएको थियो । आज (बिहिबार) पनि सुनको मुल्यमा उच्च गिरावट देखिएको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाए अनुसार आज सुनको मूल्य तोलामा १४ सय रुपयाँले गिरावट आएको छ ।
आज छापावाल सुनको मूल्य ९४ हजार ६ सय रुपैयाँ, तेजावी सुनको मूल्य ९४ हजार एक सय र चाँदीको मूल्य ११ सय ८५ रुपैयाँ तोकिएको छ ।
बुधबार सुनको मूल्य तोलामा १६ सय रुपैयाँले घटेको थियो । आज चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले बढेको महासंघले जनाएको छ ।
बुधबार ९६ हजार रुपैयाँमा छापावल र ९५ हजार ५ सय रुपैयाँमा तेजावी सुनको खरिद बिक्री भएको थियो ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।