शनिबार, असोज १५ २०७९
ताजा अपडेट

आजदेखि खुल्यो नयाँ आईपिओ


  • KTM Khabar
  • सोमबार, असार १३ २०७९
4.2K
SHARES

फाईल तस्बिर

रसुवागढी हाइड्रोपावरको ६८ करोड रुपैयाँ बराबरको प्राथमिक सेयर सोमबारदेखि सर्वसाधारणका लागि खुल्ला भएको छ । कम्पनीले आयोजना प्रभावित रसुवा जिल्लाका स्थानीय वासिन्दाहरुका लागि ६८ लाख ४२ हजार १०० कित्ता साधारण सेयर निष्काशन गर्न लागेको हो ।

यो सेयरमा आयोजनाबाट अति प्रभावित क्षेत्र गोसाइँकुण्ड, वडा नम्बर १ थुमन र वडा नम्बर २ टिमेरे, प्रसारण लाइनबाट प्रभावित हुने आमाछोदिङमो गाउँपालिका वडा नम्बर ४ गोल्जुङ र वडा नम्बर ५ चिलिमेका साथै प्रभावित क्षेत्रमा गोसाइँकुण्ड गाउँपालिकाका वडाहरु ४, ५ र ६ र बाँकी रहेको जिल्ला भरका बासिन्दाहरुलाई उक्त सेयर निष्काशन गरेको हो ।

निष्काशन गरिएको कुल १० प्रतिशत शेयरमा अति प्रभावित क्षेत्र, प्रभावित क्षेत्र र सामान्य प्रभावित क्षेत्रका बासिन्दाहरूका बाँडफाँड गरिने कम्पनीले जनाएको छ ।

आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम ७०० कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् ।

उक्त आईपीओको निष्काशन बन्द छिटोमा असार २७ गते हुनेछ । सो अवधिभित्र सबै सेयरको माग नपरेको खण्डमा भने ढिलोमा साउन १० गतेसम्म आईपीओ खुला हुने हुनेछ ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ भने सह निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल, ग्लोबल आइएमई क्यापिटल र सनराइज क्यापिटल लिमिटेड रहेका छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा