बुधबार, चैत्र १५ २०७९
ताजा अपडेट

स्याटले घोषणा गर्‍यो विद्यालय स्तरीय चर्चित गायन रियालिटी शो, असार ८ बाट अडिसन हुने


  • KTM Khabar
  • मंगलबार, असार ७ २०७९
8.9K
SHARES

फाइल तस्विर

७ असार, काठमाडौँ ।
निजी विद्यालयहरूको छाता सङ्गठन स्कूलस् अलाइन्स फर एकेडेमीक ट्रान्सफरमेसन (स्याट) ले विद्यालय स्तरीय गायन प्रतियोगिताको घोषणा गरेको छ । स्याटमा आबद्ध विद्यालयहरू बिच हुने उक्त गायक प्रतियोगिता ‘भ्वाइस अफ स्याट’को घोषणा गरेको हो ।

स्याटले विद्याथीहरुको क्षमताको पहिचान गर्दै विभिन्न विधामा अभिमुखीकरण कार्यक्रमदेखि प्रतियोगिताको आयोजना गर्दै आएको छ । विशेष गरी फुटसल, डान्स, बास्केटबल, हाजिरी जवाफ प्रतियोगिता, वक्तृत्वकला प्रतियोगिता, विद्यार्थी करिअर काउन्सिल लगायतको विधामा कार्यक्रमको आयोजना गर्दै आएको छ । काठमाडौँको उत्तरी पूर्वी भेगमा रहेका विद्यालयहरू बिच मिलेर बनेको छाता सङ्गठन अन्य छाता सङ्गठनभन्दा सानो भएता पनि विद्यार्थीहरूको प्रतिभा उजागर गर्नेमा भने पहिलो नै छ ।

वार्षिक रूपमा तालिका नै बनाएर स्याटमा आबद्ध विद्यालयका विद्यार्थीहरूलाई जोडेर १० भन्दा बढी कार्यक्रमको आयोजना गर्दै आएको स्याटले भने यस पटक ग्राण्ड प्रतियोगिता बनाउने उद्देश्य सहित ‘भ्वाइस अफ स्याट’ घोषणा गरेको हो ।

भ्वाइस अफ स्याटको अडिसन भने भोलि अर्थात् असार ८ देखि तिन दिनसम्म हुने जनाइएको छ । स्कूल आफैले कार्यक्रम गर्दै अडिसनबाट उत्कृष्ट हुने विद्यार्थीहरू चयन गर्नेछ । त्यसपछि टप २० राउन्डका लागि प्रतिस्पर्धा गर्नेछन् । श्रावण १४ मा हुने टप २० को छनोट प्रतियोगिता ब्रेनल्याण्ड एकेडेमीको हलमा हुनेछ । सो बाट छनोट भए पछि प्रतिस्पर्धिहरुले उपाधिका लागि भिड्नेछन् ।

श्रावण २८ भ्वाइस अफ स्याटको फाइनल हुनेछ । चुनिखेल स्थित पिक प्वाइन्टको हलमा गरिने ग्राण्ड फिनालेमा राष्ट्रिय स्तरका गायक, सङ्गीतकारले निर्णायकको भूमिका निर्वाह गर्नेछ । निर्णायकहरूको नाम भने गोप्य राखिएको छ । फाइनलिष्ट हुनेहरूलाई स्पेसल ट्रेनिङ्गको समेत व्यवस्था रहेको जनाइएको छ ।

१४ विद्यालयहरूले भ्वाइस अफ स्याटमा सहभागी जनाउने छन् । पाँचौँ स्थानसम्म हासिल गर्ने प्रतिस्पर्धीहरूलाई पुरस्कृत गरिनेछ । ट्रफी, मेडल र प्रमाण–पत्र द्वारा पुरस्कृत गरिने आयोजकले जनाएको छ ।

प्रतियोगिताको गुणस्तर, सहभागी हुने विद्यालय तथा प्रतियोगिहरुको चासोलाई मध्यनजर गर्ने हो भने ‘भ्वाइस अफ स्याट’को पहिलो संस्करण विद्यालय स्तरमा खोजिने, रोजिने रियालिटी शो को रूपमा स्थापित रहने देखिएको छ, स्याटका अध्यक्ष विजय खरेलले जनाए ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा