देशभरको स्थानीय निकायको परिणाम हेर्दा सत्ता गठबन्धनको धेरै फाइदा माओवादीलाई पुगेको देखिन्छ । माओवादीको परिणाम अनुसार तेस्रो सक्ती केन्द्रको रूपमा प्रचण्डले माओवादी केन्द्रलाई स्थापित गराउन सफल हुने पक्का पक्की छ । तर काठमाडौँ उपत्यका भित्र माओवादी शून्य अर्थात कुनै पनि स्थानीय सरकारमा उपस्थिति गर्न सफल देखिएको छैन ।
तीन जिल्ला रहेको उपत्यकामा २१वटा स्थानीय तह छन् । त्यस मध्ये काठमाडौंमा एक महानगरसहित ११ नगरपालिका छन् ।ललितपुरमा १ महानगर, दुई नगरपालिका र ३ गाउँपालिका रहँदा भक्तपुरमा ४ नगरपालिका रहेका छन् ।
तर माओवादीका लागि एक स्थानीय तह समेत आफ्नो बन्न सकेन । जबकि निर्वाचनको अघिल्लो दिनसम्म माओवादीका नेताहरू आफूलाई दोस्रो शक्ति अथ्र्यारहेका थिए ।
२०७४ सालको निर्वाचनमा २१ पालिकामध्ये माओवादी केन्द्रले एक स्थानीय तहमा बाजि मारेको थियो । ललितपुरको कोञ्जोस्योम गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष जितेको माओवादी अहिले त्यो पनि गुमाएपछि निल भएको हो ।
नेपाली काँग्रेससँग अधिकांश स्थानमा गठबन्धन भएपनि माओवादीले भोट पाएको छैन । ललितपुर महानगरकै कुरा गर्दा गठबन्धनबाट मेयरको उम्मेदवार बनेका काँग्रेसकाचिरिबाबु महर्जनले २५ हजार हाराहारीमा मत ल्याउँदा माओवादीले पाएको उपमेयरमा बाबुराज बज्रचार्यले १० हजारको हारीहारीमा मात्रै मत ल्याएका छन् ।यसले पनि उपत्यकामा माओवादीलाई नरुचाएको स्पष्ट देखिन्छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।