शनिबार, असार १८ २०७९
ताजा अपडेट

धरान लाहुरेको सहर बाट लौरोको सहरमा परिणत हुँदै, मुख्य दल भन्दा स्वतन्त्र हर्क साम्पाङ अगाडी !


  • KTM Khabar
  • बुधबार, जेष्ठ ४ २०७९
7.4K
SHARES

फाइल तस्विर

लाहुरेको सहर भनेर चिनिने धरानमा स्वतन्त्र उम्मेदवार हर्कको चुनाव चिन्ह लौरो मय बनेको छ।

स्वतन्त्र मेयरका उम्मेदवार हर्कले ठुला दललाई कडा टक्कर दिइरहेका छन् । धरान उपमहानगरको मेयर पदमा स्वतन्त्र उम्मेदवारी दिएका हर्कले मुख्य दुई ठुला दललाई टक्कर दिएका छन् । मुख्य दलहरूलाई आच्छुआच्छु पार्ने गरी मत ल्याइरहेका छन्।

मतगणना सुरू भएयता कहिले दोस्रो र कहिले तेस्रोमा पर्दै आएका उनले एमाले उम्मेदवार मन्जु भण्डारीसँगको दूरी फराकिलो पार्दा शीर्षस्थानमा रहेका कांग्रेसका किशोर राईसँगको मतान्तर घटाउँदै लगेका छन्।

धरानमा एकातिर कांग्रेस, माओवादी, एकीकृत समाजवादी र जसपाको गठबन्धन छ भने अर्कातिर एमाले उभिएको छ। ठूला दलहरूको चेपुवामा स्वतन्त्र उम्मेदवार साम्पाङ हराइजाने दलहरूको पूर्व घोषणाविपरीत उनले उल्लेख्य मत पाइरहेका छन्।

धरान उपमहानगरमा गठबन्धनका मेयर उम्मेदवार किशोर राई र स्वतन्त्र उम्मेदवार हर्क साम्पाङको मत अन्तर घटेको छ। यो समाचार तयार पार्दा सम्म हर्क अगाडि लागेका छन् । पछिल्लो मत अनुसार स्वतन्त्र हर्कले लौरो चुनाव चिन्हमा ८ हजार ४६ मत पाएका छन् ।

काँग्रेसले ७ हजार ९ सय ९९ मत पाएको छ भने एमालेले ६ हजार ६ सय १० मत पाएको छ। अहिलेको अवस्थामा हर्क ५० मतले अग्रता लिएर ठुला भनिएका दललाई टक्कर दिई रहेका छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा