शुक्रबार, साउन २९ २०८३
ताजा अपडेट

ज्यानको परवाह नगरी काँग्रेस जोगाउन उभिएको छु, चितवनमा मेयर बने तलब भत्ता लिन्न !


  • आइतबार, बैशाख २५ २०७९
11K
SHARES

फाइल तस्विर

भरतपुर महानगरपालिकामा गठबन्धनविरुद्ध स्वतन्त्र उम्मेदवारी दिएका नेपाली कांग्रेसका नेता जगन्नाथ पौडेलले आफूहरुको ज्यान जोखिममा रहेको भन्दै कुनै पनि बेला सांघातिक हमला हुन सक्ने बताएका छन् ।

चुनावी अभियानका क्रममा रामपुरमा आयोजित कोणसभालाई सम्बोधन गर्दै पौडेलले आफूहरु ज्यानको परवाह नगरी कांग्रेस जोगाउन उभिएको र महानगरको मेयर बनेर तलबभत्ता नलिने बताए ।

आफू पनि जेल जीवन बिताएर आएको भन्दै धम्कीबाट नडाराउने उनको भनाइ छ । पौडेलले भने, ‘आफ्नो पार्टीका कार्यकर्तालाई कारबाही गर्ने अनि अर्काको छोरी बोक्ने कस्तो पार्टी बनाउँदैछौं कांग्रेसलाई । गठबन्धन हाम्रो सरोकारको विषय होइन र हामीलाई सोधेर गरेको पनि होइन । जगन्नाथको उम्मेदवारीले देश नै दुर्घटनामा पर्छ, आकाश खस्छ जस्तो कुरा प्रधानमन्त्री भइसकेका नेताहरुले गरेको सुन्दा मलाई आत्मग्लानी भएको छ ।’

पौडेलले गठबन्धन देश बनाउन नभएर नेताहरुका परिवार पाल्न भएको भन्दै आफू महानगरपालिकाको मेयर जित्न उम्मेदवार बनेको बताए । उनले आफू र आफूलाई सघाउनेहरुको ज्यान खतरामा रहेकोसमेत दावी गरेका छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा