अघिल्लो दिनको तुलनामा बिहीबार सुनको मूल्य एक हजार रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलामा एक हजार रुपैयाँले घट्दै ९८ हजार रुपैयाँमा झरेको हो ।
यस्तै तेजाबी सुनको मूल्य पनि आज तोलामा एक हजार रुपैयाँले नै घट्दै ९७ हजार ५०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । यता चाँदीको मूल्य भने अघिल्लो दिनको तुलनामा तोलामा २० रुपैयाँले मात्र घट्दै आज एकहजार ३२० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । अघिल्लो दिन चाँदी प्रतितोला एक हजार ३४० रुपैयाँमा कारोबार भएको थियो ।
पछिल्लो समय सुन चाँदीमा भारी वृद्धि हुँदै आएको थियो । बिश्व बजारमै सुनको मूल्य बढेको बताइँदै आइएको थियो । रुस युक्रेन युद्धको असले पनि सुनको मूल्यमा परेको बताइएको थियो । विवाहको लगन धेरै भएका कारण सुन चाँदीका पसलमा अहिले सर्बसाधारण हरुको भिडभाड हुने गरेको छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।