नेपाली बजारमा सुन र चाँदीको मूल्य आज घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुन प्रतितोला १५ सय रुपैयाँले घटेर एक लाख ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार एक लाख २१ सय रुपैयाँमा कारोबार भएको थियो।
तेजाबी सुनको मूल्य तोलामा एक लाख एक सय रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार तेजाबी सुन एक लाख एक हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।
चाँदीको मूल्य भने आज ३५ रुपैयाँले घटेर तोलामा १३ सय ८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । मंगलबार चाँदी १४ सय २० रुपैयाँमा कारोबार भएको थियो ।
पछिल्लो समय सुन विश्वव्यापी रूपमा मूल्य आकासिँदो छ । रुस युक्रेन युद्धका कारण पेट्रोलियम पदार्थको व्यापक वृद्धिका कारण सुनको मूल्य समेत आकासिएको जानकारहरू बताउँछन् । नेपाली बजारमा समेत विश्व बजारको प्रभाव परेर सुनको मूल्य आकासिएको जानकारहरू बताउँछन् ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।