शुक्रबार, साउन २९ २०८३
ताजा अपडेट

पोखरा महानगर समाजवादीलाई दिने निर्णयको विरुद्धमा कास्की काङ्ग्रेस पार्टी कार्यालयमा ताला !


  • बुधबार, बैशाख ७ २०७९
13.1K
SHARES

फाइल तस्विर

पोखराको मेयर एकीकृत समाजवादीको भागमा परेपछि कास्की पार्टी कार्यालयमा काङ्ग्रेस महानगर समितिले ताला लगाएको छ ।

मंगलबार काङ्ग्रेस सभापति शेरबहादुर देउवाले काङ्ग्रेस गण्डकी सभापति शक्रराज शर्मा, कास्की सभापति किशोरदत्त बराल र नेता यज्ञबहादुर थापालाई बोलाएर आफू समस्यामा रहेकोले पोखरा समाजवादीलाई दिनुपर्ने बताएका थिए ।

उक्त निर्णयले परिणाम उल्टो आउन सक्ने बारेमा नेतात्रयले जानकारी गराएतापनी केन्द्रले पोखरा नेकपा एकीकृत समाजवादीलाई नै दिने निर्णय गर्‍यो ।

सोही निर्णयको विरुद्धमा महानगर समितिले पार्टी कार्यालयमा तालाबन्दी गरेको हो ।  पोखरा महानगर कांग्रेसलेनै पाउनु पर्ने बताउँदै आएका नेताहरूले ताल लगाएको बुझिएको छ। । गठबन्धनको बैठकले पोखरा महानगर समाजवादी लाई दिने निर्णय गरी सकेको अवस्था छ ।

आगामी स्थानीय चुनाव गठबन्धन सहित भग लिने बताउँदै काँग्रेस सभापति देउवाले स्थानीय निकायहरूको भागबन्डा गरेका छन् । भागबन्डामा पोखरा महानगर माधव कुमार नेतृत्वको समाजवादी दललाई पर्न गएको हो ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा