दुर्गेश थापालाई तनहुँ अदालतले बोलाएको छ । नाबालिग गायिकामाथि अभिनेता पल शाहले बलात्कार गरेको घटनाका एकजना साक्षी भनिएका गायक दुर्गेश थापालाई जिल्ला अदालत तनहुँले बोलाएको हो ।
आइतवारदेखि पीडित गायिका, जाहेरवाला उनका बाबु र अन्य साक्षीहरुसहितसँग जिल्ला अदालत तनहुँमा बकपत्र चलिरहेको छ। पीडित भनिएकी नाबालगि गायिकाको पक्षमा उभिएका गायक थापालाई बकपत्रका लागि तनहुँ अदालतले बोलाएको हो।
अदालतले बकपत्रका लागि बोलाएपछि दुर्गेश सोमबारै तनहुँतिर लागेका छन्। उनी तनहुँ पुगेपछि साक्षीका रुपमा अदालतले बकपत्र लिने भएको छ।
याे पनि पढ्नुहाेस्:
रामेछाप । एमालेका केन्द्रीय सदस्य माधव ढुंगेलमाथि आफ्नै पार्टीकी नेतृ लक्ष्मी न्यौपानेले कुटपिट गरेकी छिन् । केन्द्रीय सम्पर्क कमिटीको बैठकमा स्थानीय निर्वाचनको टिकटको विषयमा विवाद हुँदा ढुंगेललाई एमाले कार्यकर्ताले आक्रमण गरेको प्रत्यक्षदर्शीले बताएका छन् ।
रामेछापको खाँडादेवी गाउँपलिकाको अध्यक्ष र उपाध्यक्षको टिकटका विषयमा छलफलको क्रममा ढुंगेलमाथि हातपात भएको थियो । ढुंगेलले पनि आफूमाथि हातपात भएको बताएका छन् ।
एमालेको केन्द्रीय सम्पर्क समिति सदस्य लक्ष्मी न्यौपानेले ढुंगेललाई हातपात गरेकी हुन् ।
न्यौपानेले आक्रमण गरेपछि रोक्न खोज्दा ढुंगेलकी पत्नी सरिता दाहाल पनि घाइते भएकी छिन् ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।