आज सुन र चाँदीको मूल्य बढेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । सुनको मूल्य तोलामा पाँच सय रुपैयाँले बढ्दा चाँदीको मूल्य भने तोलामा १५ रुपैयाँले बढेको हो ।
आज छापावाल सुनको मूल्य तोलामा एक लाख २ हजार रुपैयाँ पुगेको छ । यस्तै तेजावी सुनको मूल्य एक लाख एक हजार ५ सय रुपैयाँ कायम हुँदा चाँदीको मूल्य १४ सय १५ रुपैयाँ प्रतितोला पुगेको छ ।
अघिल्लो कारोबार दिन चैत ३० गते छापावाल सुनको मूल्य एक लाख एक हजार पाँच सय र तेजावी सुनको मूल्य एक लाख एक अहजार रुपैयाँ थियो । सो दिन चाँदी १४ सय रुपैयाँमा खरिद बिक्री भएको थियो ।
पछिल्लो समय रुस युक्रेनको युद्ध भए सँगै बजारमा सुनको भाउ झनै आकासिएको छ । विश्व बजारमा पेट्रोलियम पदार्थको मूल्य आकासिनुका कारण पनि सुनको मूल्य बढेको बताइएको छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।