नेपाली बजारमा बुधबार सुनको भाउ ६ सय रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको तोलाको ६ सयले बढेर एक लाख एक हजार पाँच सय रुपैयाँ कायम भएको छ ।
मंगलबार सुन तोलाको एक लाख नौ सय रुपैयाँमा कारोबार भएको थियो । बुधबार तेजावी सुनको भाउ तोलाको एक लाख एक हजार रुपैयाँ निर्धारण भएको छ ।
चाँदीको भाउ पनि २० रुपैयाँले बढेको छ । मंगलबार एक हजार तीन सय ८० रुपैयाँमा कारोबार भएको चाँदी आज एक हजार चार सय ८० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।
पछिल्लो समय पेट्रोलियम पदार्थको मूल्य अन्तर्राष्ट्रिय रूपमा बढेसङै सुनको मूल्यमा समेत उच्च वृद्धि भएको छ । पछिल्ला दिनमा सुनको मूल्य आकासिँदो छ । रुस युक्रेन युद्धका कारण पेट्रोलियम पदार्थको मूल्य बिश्व बजारमा आकासिएको छ । सुन उत्पादनमा समेत पेट्रोलियम आवश्यकता पर्ने गर्दछ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।