नेपाली बजारमा सुनको मूल्य प्रतितोलामा ८ रुपैयाँले बढेको छ। सोमबार तोलामा दुई सय रुपैयाँले घटेर प्रतितोला १ लाख १ सयमा कारोबार भएको सुन मंगलबार ८ सय रुपैयाँले बढेर १ लाख ९ सय रुपैयाँ पुगेको हो।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज छापालवाल सुन प्रतितोला ८ सय रुपैयाँले बढेर १ लाख ९ सय रुपैयाँ कायम गरिएको हो। यस्तै आज तेजावी सुनको मूल्य १ लाख ४०० कायम गरिएको छ। यसअघि, सोमबार सुन तोलाको एक लाख एक सय रुपैयाँमा कारोबार भएको थियो ।
यसअघि सोमबार छापावाल सुन प्रतितोला १ लाख १ सय र तेजावी सुन ९९ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो। आज सुनको मुल्य बढेसँगै चाँदी मूल्यमा पनि वृद्धि भएको छ। महासंघका अनुसार चाँदी प्रतितोला १३८० रुपैयाँ कायम गरिएको छ। सोमबार चाँदी तोलाको १३ सय ६५ रुपैयाँमा कारोबार भएको थियो।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।