नेकपा एमालेका नेतामाथि सांघातिक आक्रमण भएको छ । यो घटणा धनकुटाको हो । एमाले नेता गोपाल गुरागाँई माथि शनिबार सांघातिक आक्रमण भएको छ।
शनिबार घरमै बसिरहेको अवस्थामा उनी माथि खुर्पा प्रहार भएको थियो ।
यस घटणालाई लिएर दोषी माथि कडाभन्दा कडा कारबाहीको माग गरिएको छ ।
नेकपा एमालेका केन्द्रीय सल्लाहकार परिषद् सदस्य गोपाल गुरागाईँमाथि धनकुटास्थित घरैमा बसिरहेका बेला उनीमाथि छिमेकी २३ वर्षीय दिनेश पोखरेलले खुर्पा प्रहार गरेको थिए । उनको अबस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।
गुरागाईंको आँखामाथिको भागमा गहिरो चोट लागेको छ । प्रहरीका अनुसार, उनको अहिले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा उपचार भइरहेको छ ।
याे पनि पढ्नुहाेस्:
सरकारले आज (आइतबार) देशभर सार्वजनिक बिदा दिएकाे छ । रामनवमी पर्वकाे अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको हाे।
यही चैत २४ गते बसेको मन्त्रिपरिषद बैठकको निर्णयानुसार आइतबारका लागि सबै सरकारी कार्यालय, सरकारी निकायलाई सार्वजनिक बिदा दिइएको गृह मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ।
यसअघि राम नवमीको अवसरमा मधेश प्रदेश सरकारले प्रदेशभर सार्वजनिक विदा दिने निर्णय गरेको थियो।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।