शनिबार, साउन ९ २०८३
ताजा अपडेट

आज देशभर सार्वजनिक बिदा


  • आइतबार, चैत्र २७ २०७८
11.2K
SHARES

फाइल तस्विर

सरकारले आज (आइतबार) देशभर सार्वजनिक बिदा दिएकाे छ । रामनवमी पर्वकाे अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको हाे।

यही चैत २४ गते बसेको मन्त्रिपरिषद बैठकको निर्णयानुसार आइतबारका लागि सबै सरकारी कार्यालय, सरकारी निकायलाई सार्वजनिक बिदा दिइएको गृह मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

यसअघि राम नवमीको अवसरमा मधेश प्रदेश सरकारले प्रदेशभर सार्वजनिक विदा दिने निर्णय गरेको थियो।

हेर्नुहोस् गृह मन्त्रालयको सूचना:

याे पनि पढ्नुहाेस्:

विवरण बुझाउन विद्यालयको अटेरी

विद्यालयले सरकारलाई प्रत्येक वर्ष अनिवार्य रूपमा बुझाउनुपर्ने विवरण बुझाउने गरेका छैनन् । यसरी अटेर गर्ने विद्यालयलाई नियमन गर्ने निकायले मौखिक स्पष्टीकरणसम्म सोध्ने गरेको छैन ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रका प्रवक्ता (सहसचिव) डिल्लीराम लुइँटेलले विवरण अनिवार्य रूपमा बुझाउनुपर्ने भए पनि सबैले नबुझाउने गरेको बताउँदै भन्नुभयो, “करिब २० प्रतिशत विद्यालयले विवरण पठाउँदैनन् ।” नयाँ शैक्षिक सत्र सुरु भएको दुई महिनाभित्र विद्यालयले एकीकृत सूचना व्यवस्थापन प्रणाली (आईईएमआईएस)मार्फत विवरण बुझाइसक्नुपर्ने नियम छ । विद्यालयले अनलाइनमार्फत इन्ट्री गरेपछि केन्द्रले पासवर्ड उपलब्ध गराउने गरेको छ ।

पासवर्ड प्राप्त गरेपछि विद्यालयले विद्यार्थी सङ्ख्या, शिक्षक सङ्ख्या, आम्दानी रकम, खर्च रकम, भौतिक पूर्वाधारलगायतबारे विस्तृत विवरण उपलब्ध गराउनुपर्ने हुन्छ । कुनै विद्यार्थी वा शिक्षकले विद्यालय छाडेमा पनि तत्काल सोको जानकारी अनलाइनमार्फत दिनुपर्ने हुन्छ ।
उहाँले अटेर गर्नेमा अधिकांश निजी विद्यालय भएको बताउनुभयो । “विवरण पठाउनू भनेर ताकेता गरिरहेका हुन्छौँ । स्थानीय तहलाई पनि फलानो स्कुलले विवरण पठाएन भनेर जानकारी पनि गराउँछौँ,” सहसचिव लुइँटेलले भन्नुभयो, “विवरण पठाउन प्रोत्साहन गर्छौं । कारबाही गर्ने गरिएको छैन ।”

केन्द्रका सम्बन्धित शाखाका एक पदाधिकारीले यस्तो विवरण नपठाउनेमा उपत्यकाका ठूला निजी विद्यालय रहेको बताए । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन)का अध्यक्ष डीके ढुङ्गानाले जुन विद्यालयले विवरण पठाउँदैनन् उनीहरूका बारेमा आफूहरूलाई जानकारी दिए सहजीकरण गरिदिने बताउँदै भन्नुभयो, “पूर्वप्राथमिक विद्यालयले थाहा नपाएर विवरण नपठाएका हुन सक्छन् । नपठाउनेको नामावली हामीलाई उपलब्ध गराइए हामी नियमित रूपमा विवरण पठाउन लगाएर केन्द्रलाई सहयोग गर्ने थियौँ ।”

केन्द्रले यस वर्ष ३४ हजार २६८ विद्यालय रहेको र तीमध्ये छ हजार ७६० निजी विद्यालय रहेको जानकारी दिएको छ । यस वर्ष कक्षा १२ सम्म देशभरि करिब ७० लाख ९२ हजार विद्यार्थी रहेको र तीमध्ये करिब १० लाख विद्यार्थी पूर्वप्राथमिक शिक्षाका रहेको केन्द्रको अभिलेख छ । आजकोगोरखापत्र दैनिकमा समाचार छ


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा