शनिबार, भाद्र २० २०८३
ताजा अपडेट

सुन-चाँदीको मूल्य घट्यो,कतिमा भइरहेको छ कारोबार ?


  • बुधबार, चैत्र २३ २०७८
10.4K
SHARES

फाइल तस्विर

नेपाली बजारमा बुधबार सुन-चाँदीको मूल्यमा गिरावट आएको छ। मंगलबार तोलामा १ रुपैयाँले बढेको सुन आज ३ सय रुपैयाँले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार  सुन तोलामामा ३ सय रुपैयाँले घटेर तोलाको  ९८ हजार ५०० रुपैयाँ कायम गरिएको छ।  यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९८ हजार तोकिएको छ।

यसअघि मंगलबार सुनको मूल्य १ सय रुपैयाँले बढेर तोलाको  ९८ हजार ८०० कायम गरिएको थियो। तेजावी सुनको मूल्य तोलाको ९८ हजार ३०० रुपैयाँमा खरिदबिक्री भएको थियो। आज चाँदीको मूल्यमा पनि गिरावट आएको छ। मंगलबारको तुलनामा चाँदी ५ रुपैयाँले घटेर तोलाको १३३५ रुपैयाँ कायम गरिएको महासंघले जनाएको छ।

मंगलबार चाँदीको मूल्य १० रुपैयाँले घटेर प्रतितोला १३४० रुपैयाँमा किनबेच भएको थियो। रुस युक्रेन युद्ध भए यता लगातार सुन चाँदी बढ्दै आएको थियो । अहिले सामान्य रूपमा सुन चाँदीको मूल्य गिरावट आएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा