चितवन स्थित भरतपुर महानगरमा काँग्रेसले माओवादीलाई मेयर नछोड्ने बताए सँगै भरपुरको राजनीति पेचिलो बन्दै गएको छ । माओवादी अध्यक्ष पुत्री समेत रहेकी नेतृ रेणु दाहाललाई काँग्रेसले पुन मेयरमा समर्थन नगर्ने बताए सँगै माओवादी अध्यक्षको आगामी कदम के हुन्छ भन्ने जनताले चासोका साथ हेरेका छन् ।
यो भन्दा अगाडिको चुनाव कांग्रेससँग तालमेल गरेरै रेणु दाहालले चुनाब जितेकी थिइन् । अघिल्लो स्थानीय चुनावमा मनोनयन फिर्ता लिने दिनमा तालमेल घोषणा भएको थियो ।
पहिलेको चुनावहरूको नतिजाको आधारमा तुलनात्मक रूपमा वाम घटकभन्दा भरतपुरमा कांग्रेस बलियो मानिन्छ त्यसैले अहिले चितवन कांगेसले मेयर नछोड्ने बताउदै आएको छ।
अगाडिको चुनावमा समेत कांग्रेस बलियो हुँदा हुदै बलियो भए पनि मेयर पद छाडेका कारण त्यस बेलादेखि चुलिएको असन्तुष्टि अझै कायम छ । त्यसैले यस पटक कुनै पनि हालतमा कांग्रेस मेयरको पद छोड्ने पक्षमा छैन ।
कांग्रेसले मेयर पद नछाड्ने बताएसंगै बिवाद चुलीने देखिएको छ । माओवादी अध्यक्षको चुनावी क्षेत्र समेत चितवन रहेका कारण अध्यक्ष प्रचण्ड पनि भरतपुरमा रणु दाहाललाइनै मेयर बनाउन चाहान्छन् ।
चितवन कांग्रेसको आइतबार बसेको जिल्ला कार्य समितिको बैठकले भरतपुरमा मेयर नपाए एकल रूपमै चुनावमा जाने घोषणा गरिसकेको छ ।काँग्रेसको यस्तो निर्णय सँगै प्रचण्डको आगामी रणनीति के हुन्छ भन्ने कुरा बडो चासोका साथ हेरिएको छ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।