नेपालगञ्ज । नेपालगञ्ज विमानस्थल नजिकै प्लाष्टिकमा बेरेको अवस्थामा आज एक युवकको शव फेला परेको छ । नेपालगञ्ज उपमहानगरपालिका–२० राँझास्थित नेपालगञ्ज विमानस्थल परिसरको पूर्वी कम्पाउण्ड बाहिर ती युवकको शव फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
सुर्खेतका ३० वर्षीय बालकृष्ण ओलीको शव प्लाष्टिकले बेरेको अवस्थामा फेला परेको प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेले जानकारी दिए ।
घटनाबारे अनुसन्धान भइरहेको र उनका आफन्त अझै सम्पर्कमा नआएकाले शव भेरी अस्पतालमा राखिएको उनको भनाइ थियो ।
याे पनि पढ्नुहाेस्:
गठबन्धन निर्वाचनसम्म निरन्तर रहन्छ : प्रधानमन्त्री
प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता गठबन्धन निर्वाचनसम्म निरन्तर रहने बताएका छन् ।नेपाली कांग्रेस तनहुँले पार्टी कार्यालय दमौलीमा बिहीबार आयोजित कार्यक्रममा देउवाले गठबन्धन गरेर स्थानीय तहको निर्वाचनमा जाने बताएका हुन् ।
उनले प्रदेश र प्रतिनिधिसभाको निर्वाचनसम्म पनि गठबन्धन गर्न जरुरी रहेको उल्लेख गरे । ‘गठबन्धनलाई सँगै लैजान जरुरत छ । स्थानीय निर्वाचनमा मात्रै हैन प्रदेश र राष्ट्रिय निर्वाचनमा पनि गठबन्धन भएमा मात्रै विजयी हुन्छौ’, उनले भने ।
निर्वाचनमा गठबन्धनमा आबद्ध पार्टीहरूलाई पनि उचित स्थान दिनुपर्ने उनको भनाइ छ । ‘किनकि उहाँहरूको योगदानलाई बिर्सन हुँदैन । प्रधानमन्त्री हुन धेरै पार्टीका साथीहरू लालायित थिए’, उनले भने ।
प्रजातन्त्र बचाउन राष्ट्रिय एकतालाई जोड दिनुपर्ने देउवाले बताए । तनहुँ ऐतिहासिक थलो भएकाले कांग्रेस एकजुट भएर लाग्नुपर्ने उनको भनाइ थियाे ।काँग्रेस पार्टी भित्रका तेस्रो धारका यूवा नेताहरु गठबन्धनसहित चुनावमा जान हुँदैन भन्दै आएका छन् तर सभापति देउवा गठबन्धन सहित चुनावमा जाने बताउँदै आएका छन् ।