शुक्रबार, साउन २९ २०८३
ताजा अपडेट

गठबन्धन निर्वाचनसम्म निरन्तर रहन्छ : प्रधानमन्त्री


  • बिहिबार, चैत्र १० २०७८
10.5K
SHARES

फाइल तस्विर

प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता गठबन्धन निर्वाचनसम्म निरन्तर रहने बताएका छन् ।नेपाली कांग्रेस तनहुँले पार्टी कार्यालय दमौलीमा बिहीबार आयोजित कार्यक्रममा देउवाले गठबन्धन गरेर स्थानीय तहको निर्वाचनमा जाने बताएका हुन् ।

उनले प्रदेश र प्रतिनिधिसभाको निर्वाचनसम्म पनि गठबन्धन गर्न जरुरी रहेको उल्लेख गरे । ‘गठबन्धनलाई सँगै लैजान जरुरत छ । स्थानीय निर्वाचनमा मात्रै हैन प्रदेश र राष्ट्रिय निर्वाचनमा पनि गठबन्धन भएमा मात्रै विजयी हुन्छौ’, उनले भने ।

निर्वाचनमा गठबन्धनमा आबद्ध पार्टीहरूलाई पनि उचित स्थान दिनुपर्ने उनको भनाइ छ । ‘किनकि उहाँहरूको योगदानलाई बिर्सन हुँदैन । प्रधानमन्त्री हुन धेरै पार्टीका साथीहरू लालायित थिए’, उनले भने ।

प्रजातन्त्र बचाउन राष्ट्रिय एकतालाई जोड दिनुपर्ने देउवाले बताए । तनहुँ ऐतिहासिक थलो भएकाले कांग्रेस एकजुट भएर लाग्नुपर्ने उनको भनाइ थियाे ।काँग्रेस पार्टी भित्रका तेस्रो धारका यूवा नेताहरु गठबन्धनसहित चुनावमा जान हुँदैन भन्दै आएका छन् तर सभापति देउवा गठबन्धन सहित चुनावमा जाने बताउँदै आएका छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा